सल्यानमा ट्रक दुर्घटना हुँदा एक जनाको मुत्यु ९ घाईते

तुलसीपुर,२३ असार । सल्यानमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ९ जना घाईते भएका छन् ।रुकुमबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ४ ख ९७११ नम्बरको ट्रक कपुरकोट गाँउपालिका ३ आगरखोलाको घुम्तीमा सोमवार विहान १० वजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका शिद्धकुमाख गाउपालिका २ का ५३ बर्षीय दुर्गाबहादुर बस्नेतको कोहलपुरमा सोमवार दिउँसो सवा दुई वजेतिर उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ ।
यस्तै अन्य घाईते हुनेहरुमा सल्यान बागचौर नगरपालिका वडा नम्वर ३ का ३८ बर्षिया गीता रेउले,शिद्धकुमाख गाउँपालिका वडा नम्वर २ का ६६ बर्षीय दलबहादुर बोहरा, कपुरकोट गाउँपालिका ५ का ३० वर्षिय छबि विक, उनका ११ बर्षीय छोरा प्रविन विक, छत्रेश्वरी गाउँपालिका लान्ती बस्ने ४० बर्षीया नविना खत्री, शारदा नगरपालिका वडा नम्वर १५ बस्ने ४२ वर्षिय उपेन्द्र रावत रहेका छन् । उनीहरुको थप उपचारका लागी जिल्ला बाहिर र कोहलपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै सोहि दुर्घटनामा परि ट्रक चालक तुलसीपुर उपमहनगरपालिका वडा नं. ५ निवासी २६ बर्षीय ताराप्रसाद खड्का, सहचालक सोही ठाउँकै २० बर्षीय यज्ञबहादुर खड्का र तुलसीपुर ५ कै मानबहादुर पुन, र रहेको प्रहरीले जानकारी दिएको छ ।उनीहरुको भने स्थानिय अस्पतालमा उपचार भईरहेको बताईएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार घुम्तीमा ट्रकको ह्यान्डिल मोड्न नसक्दा दुर्घटना भएको हो । ट्रक सडक देखी झन्डै ५० ÷६० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार
प्रतिक्रिया