तुलसीपुरमा अघोषीत लोडसेडिङ

तुलसीपुर, २३ असार

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको लापर्वाहीका कारण यस क्षेत्रको विद्युत सेवा अनियमित हुने गरेको गुनासो आइरहदा तुलसीपुर उद्योगबाणिज्य संघले चासो देखाएको छ ।
संघले पश्चिम दाङमा विद्युत सेवा नियमित नभए दबाबमूलक कार्यक्र गरिने चेतावनी दिएको छ । उर्जामन्त्री बर्षमान पुनले दाङलाई लोडसेडिङमुक्त जिल्ला घोषणा गरेको पाँच महिना विक्ति सक्दा समेत विद्युतीय सेवामा कुनै सुधार नआएको भन्दै बाणिज्य संघले यस्तो चेतावनी दिएको हो ।
विद्युत अनियमित हुदा विषेशगरी उद्योगी, व्यापारी र विद्यार्थीहरु सबैभन्दा बढी मारमा परेको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरबहादुर रावत विरुले बताउनुभयो ।
‘तुलसीपुरमा रहेको वितरण केन्द्रलाई बाणिज्य संघको नेतृत्तवमा व्यापारीको टोली गएर पटकपटक भनिसक्यौ यसमा कुनै सुधार आउन सकेन,’ अध्यक्ष रावतले भन्नुभयो – ‘अब दबाबमुलक कार्यक्रम गर्नुको विकल्प छैन ।’
प्रायजसो दाङमा उच्च तहका नेताहरु महिनामा दुईपटकसम्म आउने जाने गरेको विषयमा प्राधिकरण जानकार भएपनि सेवा सुधार र पहलकदमी तर्फ कार्यालय प्रमुखले ध्यान नदिनु गैरजिम्मेवारीपन भएको तुलसीपुर चेम्बर आफ कर्मसका अध्यक्ष टोपबहादुर घर्तीले बताउनुभयो ।
‘मन्त्रीले ज्युले नबुझेर लोडेसेडीङ मुक्त जिल्ला घोषणा गर्नुभएको हो कि हाकीमले नटेरेका हुन ? हामी अन्यौलमा प¥यौं ।’ अध्यक्ष घर्तीले भन्नुभयो ।

उर्जामन्त्री वर्षमान पुनले ९ फागुन २०७५ मा दाङको पञ्चकुलेमा रहेको कुसुम–हापुरे १३२ केभि राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्दै दाङ लोडसेडीङ मुक्त जिल्ला भएको र जतिसक्दो बढी बिजुली खपत गर्न आग्रह गर्नुभएको थियो । पश्चिम दाङमा कम्तिमा पनि दैनिक १०÷१२ पटक लाइन झ्याप्प–झ्याप्प आउने र जाने गर्दछ । लाइन आउने जाने गर्दा हाइभोल्टेजले पंखा, मोटर, टिभी जल्ने भएकाले सेवाग्राहीले क्षेति व्यहोर्नु परेको छ । विद्युत प्राधिकारणको लापर्वाहीका कारण सेवाग्राहीले अनाहकमा विभिन्न समयमा आर्थिक क्षेति व्यहोर्नु परेको तुलसीपुरका सेवाग्राही कमल प्रसाद शर्माले बताउनुभयो । लाइन विग्रेको स्थानमा विद्युत प्राधिकरण हप्तौ सम्मपनि नपुग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । प्राधिकरणको लापर्वाहीका कारण करिब ४२ हजारको संख्यामा रहेका ग्राहकले समस्या भोग्नु परेको छ ।
सिष्टमको खराबी हो ः प्राधिकरण
तुलसीपुर वितरण केन्द्रले सिष्टममा आउने खराबीका कारण केहिलेकाँही विद्युत सेवा अवरुद्ध हुने गरेको बताएको छ । बढीगर्मी भएको समयमा पानी पर्दा १३३ केभिको प्रसारण लाइनमा रहेको पिन इन्सुलेटर पंचर हुने र कुनै बेला हावाहुरीका कारण पनि लाइन जाने गरेको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रकका प्रमुख दिपकजंग चौधरीले जानकारी दिनुभयो । कार्यालय प्रमुख चौधरीको रेडिमेट जवाफ अधिकांस सिष्टमको खराबी भन्ने आउँछ ।

 

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार
प्रतिक्रिया