लोप हुदै बरपिपल र समीको रुख

लक्ष्मण विश्वकर्मा, २२ असार ।तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ बस्ने सोगत चौधरी किनमेल गर्न कुनै समय तुलसीपुुर बजार सम्म हिड्दै आउँथ्ये । उनी तुलसीपुर बजार सम्म आउँदा विच बाटोका ठाउँठाउँमा रहेका बरपिपल चौतारीमा थकाई मेटान गर्दथ्ये । त्यतिबेला रुखको छहारी मुनि बसेर थकाई मेटान् गर्दा आनन्दको महुशुस हुने गरेको उनी बताउँछन् । कुनै केहि बेच्नुप¥यो अथवा किन्नु प¥यो भने तुलसीपुर बजार आउँथे उनले भने पैदल हिड्दा थकान लाग्यो भने त्यहि बरपिपलको छहारीमा बस्दथ्ये । तर अहिले पछिल्नो समयमा त्यस्ता चौतारी कमै पाईने गरेको उनको भनाई छ ।

शितलता दिने बरपिपल पछिल्नो समयमा नयाँ रोप्ने भन्दा पनि पुराना रुखहरु जोगाउनै सकस हुन थालेको छ । प्रकृतिको जैविक विविधताले भरिएको हाम्रो देशमा थुप्रै प्राकृतिक स्रोतहरु छन् । जल, जडिबुटी, धर्म, सांस्कृतिक लगाएत भाषाभाषी, बहुजातजाती आदी ईत्यादीको विषयमा नेपाल परिचित रहेको छ ।यी सवै कुराहरुको आआफनै विशेषता,महत्व र ईतिहास रहेको पाईन्छ ।

त्यस मध्येको एक हो बरपिपल र समीको रुख ।बरपिपल र समीको रुख मानव स्वास्थ्यका लागी अति उपयुक्त प्रकृतिको उपहारका रुपमा लिईन्छ । त्यति मात्र नभई परम्परागत मान्यता अनुसार बरपिपल र समीको रुखलाई धार्मिक सस्कृति संग पनि जोडिएको छ । बरपिपल र समीको रुखलाई मानव स्वास्थ्यका लागी आबश्यक पर्ने अक्सिजनको रुपमा पनि लिने गरिन्छ ।जसले गर्दा श्वासप्रश्वासमा फोक्सोलाई फाईदा पुग्ने आयुर्वेद विज्ञहरुको भनाई छ ।

तर पछिल्नो समयमा विभिन्न बाहानामा प्राकृतिक सुन्दरताका रुखहरु मासीदै जान थालेको ५ नम्वर प्रदेश स्वास्थ्य निर्देशनालयका आयुर्वेद विज्ञ डा. बुद्धि प्रसाद पौडेलले बताएका छन् ।प्राकृतिक सुन्दरताको देशलाई विगारेर आधुनिकताको नाममा प्रकृतिले दिएका कतिपय उपहारहरु विनाश हुदै गएको उनको भनाई छ ।गाउँघर देखी शहर सम्म अहिले सडक बाटो विस्तारका नाममा बाटोमा भएका बरपिपल र समीका रुखहरु दिनप्रतिदिन विनाश भईरहेका छन् ।
बाटोमा हिड्दा गर्मि र थकाई लागेपछि शितलताका लागी विश्राम लिने थलो रुपान लिईने बरपिपल चौतारी अहिले मासिदै गएका छन् ।त्यति मात्र नभई विश्वका मानिसहरु आएर बरपिपलको रुख मुनि छहारीमा आनन्द लिएर स्वच्छ श्वास फेर्ने ठाउँ मासीदै गएको आयुर्वेद विज्ञ डाक्टर पौडेले बताएका छन् ।पहिले जहाँपायो त्यहि बरपिपलको प्रसस्त चौतारी हुन्थे तर अहिले सडक बाटो विस्तारका नाममा ती चौतारी मासीदै गएका छन् उनले भने ।

बरपिपल र समीको रुख आयुर्वेद पद्धतीको हिसावले अत्यन्तै महत्वपुर्ण मानिन्छ । यसले गर्मि भएको अवस्थामा प्राकृतिक एसी र कुलरको काम समेत गर्दछ । जस्तै कुवाको पानी जाडोमा तातो हुन्छ र गर्मिमा चिसो हुन्छ उनले भने त्यस्तैगरी यी रुखले विगतमा फयान र एसीको काम गर्दथ्ये । गर्मि समयमा मानिसहरु बरपिपल र समीको रुख मुनी बसेर सितलता लिदा स्वास्थ्यलाई समेत टेवा पुग्दछ । यस्ता महत्पुर्ण रुखहरुलाई समयमै संरक्षण र प्रर्वद्धन गर्न जरुरीको उनले बताएका छन् ।
अझै पनि विभिन्न स्थानमा धेरै बरपिपल र समीको रुखहरु भएको बताउदै ती रुखहरुलाई जोगाई राख्नका लागी सम्वन्धित निकायले ध्यान दिनुपर्ने आयुर्वेद विज्ञ डाक्टर पौडेलको सुझाव छ ।पछिल्नो समयमा विभिन्न आधुनिक प्रविधि भित्रिए संगै परम्परागत आयुर्वेद उपचार पद्धतीमा नागरिकको महत्व घट्दै गएको पाईन्छ ।

प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार
प्रतिक्रिया