सघर्षशील योद्धा नामक पुस्तक लोकार्पण

 

शरद रेग्मी 

दाङ,२१ असार/  ब्यक्तिको सफलताले समुदायमा परिवर्तन गर्न सक्ने तुलसीपुरमा आयोजित कार्यक्रमका बक्ताहरुले बताएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतको जिवनमा आधारित सघर्षशील योद्धा नामक पुस्तक लोकार्पण कार्यक्रममा सहभागिहरुले सफलताको चुचुरोमा पुग्न संर्घष गर्नुपर्ने बताएका हुन् ।

तलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा गरिएको उक्त कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले सकारात्मक सोच भएका अधिकासं ब्यक्तिले जिवनमा सफलता पाएको बताउनुभयो । उहाले भन्नुभयो,सफल बन्नको लागि संघर्ष गर्नुपर्छ ।

निरन्तरता,अफ्ट्यारो परेको समयमा बिचलन नहुने ब्यक्तिले सफलता प्राप्त गर्ने बताउनुभयो । डिल्ली बस्नेत संगितले लेख्नुभएको पुस्तकको समिक्षा डाक्टर कृष्णराज डिसीले समिक्षा गर्नुभएको थियो । राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल,पुस्तकका प्रमुख पात्र डिल्लीबहादुर बस्नेत,प्रकासक देवकुमारी बस्नेत,लेखक डिल्ली बस्नेत संगित,नेकपा नेता एबम खप्तडी बस्नेत बंशावली तथा अनुसन्धान केन्द्रका सल्लाकार शोभाराम बस्नेत,नेपाली काग्रेस दाङका सदस्य सुरेन्द्र खड्का,राप्रपाका अध्यक्ष क्षेत्रबहादुर बस्नेत,नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त,नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष प्रताप रेग्मीले पुस्तकको चर्चा गर्नुभएको थियो ।

त्यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हेमन्त रिजाल,सरसफाई अभियान्ता बिमल रिजाल,नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्ष नारायण आचार्य,बह्माकुमारीज ईश्वरीय बिश्वबिद्यालयका शिवलाल महतरा,महिला अधिकारकर्मी सुष्मा गिरी,जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी,नेवार समाज तुलसीपुरका अध्यक्ष नरेश राजभण्डारी,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेल,दलीत अधिकारकर्मी निर्मल नेपाली,पत्रकार शरद रेग्मी लगायतले उक्त पुस्तकको बारेमा चर्चा गर्नुभएको थियो ।

संघका अध्यक्ष बिरबहादुर रावत बिरुको अध्यक्षतामा भएको त्यसअवसरमा लेखक डिल्ली बस्नेत संगितलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष ललीतजंग शाहले स्वागत मन्तब्य,धन्यबाद ज्ञापन बिश्व बस्नेत र सहजिकरण सुशील बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ असार २१ गते शनिवार
प्रतिक्रिया