अति बिपन्न समुदायलाई निःशुल्क मिटर वितरण

तुलसीपुर,२१ असार ।

नेपाल बिद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्रले अति बिपन्न तथा सांस्कृतिक सम्पदाहरुमा निःशुल्क मिटर जडान गर्न सुरु गरेकोे छ । आर्थिक रुपमा कमजोर विपन्न समुदायलाई सरकारले निःशुल्क रुपमा सर्भिस तार,एमसी र मिटर उपलव्ध गराउदै आएको छ । यसको सुरुवात दंगीशरण गाउपालीका बाट सुरु भएको हो ।

वितरण कार्यक्रमको उद्घाटन गर्दै गाउपालीकाका अध्यक्ष भागिराम चौधरीले सहि रुपमा सदुपयोग गर्नि आग्रह गरेका थिए । पहिलो दिन वडा नम्बर २,३,४ मा ६८ थान मिटर अति बिपन्न परीवारको घरमा जडान गरिएको कार्यालयका प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिएका छन । यस्तै २ थान मिटर मन्दिर लाई बितरण गरिएको हो । त्यसै गरि बंबई गाउपालीका , शान्तिनगर र तुलसीपुर उपमहानगरपालिकामा बितरण तथा जडान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन ।

पश्चिम दाङका तीन गाँउपालीकामा १ सय ६० का दरले र तुलसीपुर उपमहानगरपालीकामा २ सय ४० घरमा मिटर जडान गरिने छ । स्थानिय सरकारको सिफारीसको आधारमा यस आर्थिक बर्षको अन्त्य सम्म वितरण गर्ने जनाईको छ । मिटर जडान गर्दा तार सहित ४५ सय रुपैया तर आर्थिक रुपमा कमजोर हुदा विद्युत सेवाबाट बञ्चीत हुन नपरोस भनेर सरकारले निःशुल्क रुपमा मिटर वितरण गर्न थालेको हो ।

प्रकाशित मिति : २०७६ असार २१ गते शनिवार
प्रतिक्रिया