त्रिशुली नदीमा ट्रक खस्दा दुई जनाको मुत्यु

चितवन २० असार । त्रिशुली नदीमा ट्रक खस्दा दुई जनाको मुत्यु भएको छ भने एक जना घाइते भएका छन् । सर्लाहीबाट इँट्टा लिएर काठमाण्डौका लागि छुटेको ना ७ ख ५७६५ नम्बरको ट्रक तुम्लिङटारमा शुक्रबार बिहान साढे ६ बजेतिर दर्घुटना भएको हो ।दुर्घटनामा परि सह–चालक सर्लाहीका १९ वर्षीय बालकिशोर यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अर्का एक जनाको सनाखत हुन सकेको छैन । घाइते भएका चालक सर्लाहीका २४ वर्षका दीपेन्द्र शाहको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । ट्रक तुम्लिङटारको भीरबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रवार
प्रतिक्रिया