नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्द ठकुरीद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौ, १९ असार । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्द ठकुरीले अदालतमा आत्मसमर्पण गरेका छन् । विहिवार सर्वोच्च अदालत पुगेर उनले आत्मसमर्पण गरेका हुन् । सर्वाेच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो ।

राणा, गुरूङ, थाङ्देन र श्रेष्ठ अहिले डिल्लीबजार कारागारमा छन् । संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा सुडानको डार्फरमा जाने सङ्गठनका सदस्यको बन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको अदाललते प्रमाणित गरेको थियो ।पूर्वप्रहरी प्रमुख राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो भने ठकुरी र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना फैसला भएको भएको थियो । सर्वोच्च अदालतको फैसालामा उल्लेख भएअनुसार पूर्वआईजीपी ठकुरीको पालामा एपीसी खरिद नभएको भए पनि त्यसवेला मिसनमा खटिएका कमाण्डर राजेन्द्रसिंह भण्डारी, कमलसिंह बम, रामप्रसाद श्रेष्ठ र मोहनराज शर्माले सामानको गुणस्तरमाथि प्रश्न उठाउँदै पटकपटक मौखिक र लिखित जानकारी दिँदा पनि उनले भुक्तानी रोक्न मानेका थिएनन् ।

प्रकाशित मिति : २०७६ असार १९ गते बिहिवार
प्रतिक्रिया