कुटपिटबाट सल्यानमा एक जना घाईते

तुलसीपुर, १९ असार । सल्यानमा कुटपिटबाट एक व्यक्ति घाईते भएका छन । जिल्लाको सिद्धकुमाख गाउंपालिका ५ माझखर्क बस्ने ३३ वर्षिय खुमलाल रोकाय कुटपिटबाट घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । शारदा नगरपालिका ७ ¥यालि भन्ने ठाउंमा जन्ती गएको समयमा सामान्य विषयमा हुदा उनी माथी तिन चार जनाको एक समुहले कुटपीट गरेको प्रहरीले बताएको छ । घटना बुधवार भएको हो । उनकोे टाउकोमा चोट लागेको र स्थानिय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लगाी विहिवार विहान नेपालगन्ज रिफर गरिएको हो । उनी माथी कुटपिट गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईहरेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १९ गते बिहिवार
प्रतिक्रिया