मौसम परिवर्तनका कारण अस्पतालमा विरामीको चाप

तुलसीपुर १९ असार । मौसममा परिवर्तन आए संगै दाङका अस्पतालहरुमा विरामीहरुको चाप बढेको छ । बर्षातको समय सुरु भएपनि गर्मि अत्याधिक भएकाले प्रतिकुल मौसमका कारण स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने डाक्टरहरुले बताएका छन् । एकैछिन पानी पर्ने र एकै छिनमा चर्को घाम लाग्ने यस्तो मौसमका कारण सरुवा रोग लाग्ने सम्भावना हुने बताईएको छ ।यस्तो समयमा लाग्न सक्ने विभिन्न प्रकृतिका रोगबाट बच्न सतर्कता अपनाउनुपर्ने डाक्टरहरूले सुझाव दिएका छन ।
मौसम परिवर्तन संगै गर्मी समयमा कीटाणु सक्रिय हुने र सरुवा रोग प्रकोपको सम्भावना बढ्ने हुदा सतर्क रहन राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख मेडिकल सुपरीटेण्डेन डा.सर्बेश शर्माले आग्रह गरेका छन् । एकछिन पानी पर्ने फेरी चर्को घाम लाग्ने हुदा यो मौसमको बेला मानव स्वास्थ्यमा विभिन्न खालको समस्या पर्ने उनको भनाई छ ।साथै मौसम परीवर्तन सगंै अस्पतालमा विरामीको चाप बढ्ने गरेको उनले बताएका छन् ।अहिले जिल्लाका निजि तथा सरकारी अस्पतालमा मौसमी ज्वरो, झाडापखाला,छालाको समस्या लिएर विरामी आउने गरेको बताईएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १९ गते बिहिवार
प्रतिक्रिया