पछि हट्यो सरकार

काठमाडौं । भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने भएको छ । अवार्ड आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा अवार्ड नेपालमा नहुने  बताए । सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने तयारी गरेको थियो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले पैसा नदिने धारणा राख्दै आईफा अवार्ड गर्दा मुलुकलाई राम्रो हुने टिप्पणी गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७६ असार १८ गते बुधवार
प्रतिक्रिया