प्रेमिकासँग गेष्ट हाउसमा बसेका युवक मृत भेटिए

काठमाडौं । गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बास बसेका एक युवक मृत अवस्थामा भेटिएका छन् । काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ बुधबार विहान गेस्ट हाउसमा मृत अवस्थामा भेटिएका हुन् ।

गुरुङ असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका थिए । फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग विदेशबाट आएको दिनदेखि नै उक्त गेष्ट हाउस बस्दै आएका थिए ।

उनीहरु गेस्ट हाउसको १०४ कोठामा बसेका थिए । प्रहरीका अनुसार उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । गेष्ट हाउस सञ्चालक र म्याग्दी घर भएकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असार १८ गते बुधवार
प्रतिक्रिया