आयुर्वेद उपचारको ईतिहास महत्वपुर्ण छ : सभामुख महरा

तुलसीपुर, १८ असार । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङको आयोजनामा बुधवार तुलसीपुरमा आयुर्वेद सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तह स्तरमा आयुर्वेद चिकित्सालयको गतिविधि बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सोही कार्यक्रमलाई सम्वोधन गदै सभामुख कृष्ण बहादुर महराले नेपालमा आयुर्वेदको ईतिहास महत्वपुर्ण रहेको बताएका छन् ।
विगतमा कुनै चोटपटक अथवा विरामी हुदाको उपचार स्थानिय जडिबुटीबाट नै गर्ने प्रचलन थियो त्यो अहिले पनि कतिपय मानिसले प्रयोग गर्दछन् उनले भने तर आधुनिक प्रविधि आईसकेपछि पछिल्नो समयमा आयुर्वेदको महत्व कम हुदै गएको छ । ग्याष्टिक हुदा काचो केरा खाने, काफलको बोक्राको रस खाने , घाँस काट्दा हात काट्यो भने दुदे पात लगाउने जस्ता प्राचिन उपचारको विधि अझै पनि गाउँघरमा हुने गरेको उनको भनाई थियो ।
नेपाल प्राकृतिक स्रोतको धेरै सम्भावना भएको देश भएकाले यसकोे स्थानिय स्तरबाट संरक्षण र प्रर्वद्धन गर्नुपर्ने आबश्यक रहेको धारणा राखेका छन् ।साथै उनले किर्तिपुरमा अत्याधुनिक आयुवेद अनुसन्धान केन्द्र,तालिम केन्द्र स्थापना गरिएको बताएका छन् ।त्यहा कुन प्रकृतिका प्राकृतिक श्रोत नेपालमा पाईन्छ भनेर अनुसन्धान गर्ने थलोको रुपमा लिईको छ । जडिबुटीबाट बनेको आयुर्वेदिक औषधी नै अहिलेको आबश्यकता भएको उनले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभामुख महराले अर्को प्रसङगमा बोल्दै जनताको मर्म भावना अनुसार सरकारले विकास गर्नका लागी मोडेल तयार पार्नुपर्ने बताएका छन् ।त्यसमा नेपाल सरकारको मात्रै लगानी नभएर जनताको श्रम, योगदान र अन्तराष्टिय सरकारको सहयोग भयो भने मात्र विकासले ठुलो फड्को मार्ने उनले बताएका छन् ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनस्वास्थ्यमा सवैको पहुंच पु¥याउनका लागी ठुलो परिवर्तनको अभियान सन्चालन गरेर नगरका १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको बताएका छन् । उनले उपमहानगर क्षेत्रमा रहेका राप्ती प्रादेशिक अस्पताल, आँखा अस्पताल, राप्ती र क्षेत्रिय आयुर्वेद अस्पताल लगाएत सम्पुर्ण अस्पताल र निजि स्वास्थ्य संस्था संग समन्वय गरी तुलसीपुरलाई स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकास गर्ने गरी योजना प्रक्रियालाई अघि बढाएको बताएका छन् ।

 

प्रकाशित मिति : २०७६ असार १८ गते बुधवार
प्रतिक्रिया