घोराहीमा ६० बोरा भन्दा वढि रासायिनिक मल भेटियो

तुलसीपुर, १८ असार । दाङमा रासायिनिक मलको चरण अभाव भईरहेको समयमा घोराहीका एक व्यापारीको गोदाममा भने ठुलो मात्रामा रासायीनिक मल फेला परेको छ । घोराहीमा मंगलवार गरिएको अनगुमनका क्रममा घोराही १४ मिलनचोक नजिकै रहेको प्रज्ञा सप्लार्यसको गोदाममा लुकाईछिपाई राखीएको अवस्थामा ६० बोरा भन्दा वढि मल फेला पारिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत यज्ञ बहादुर बुढाले जानकारी दिएका छन् ।
सरकारले किसानहरुलाई अनुदानमा दिने रासायिनिक मल कृषि सामग्री कम्पनी संस्थान र साल्ट्र ट्रनिङ कर्पोरेशन मार्फत सहकारी संग समन्वय गरे विक्रि वितरण गर्न पाईन्छ । तर व्यापारी यसरी अनुदानमा आएको रासायिनिक मल खरिद गरी विक्रि वितरण गर्न पाईदैन । आजको गणतन्त्र दैनिकमा यो खवर छापिएको छ ।

प्रकाशित मिति : २०७६ असार १८ गते बुधवार
प्रतिक्रिया