जेष्ठ नागरिकका गुनासो : गाडी भाडा देखी औषधी उपचार सम्म

तुलसीपुर, १७ असार ।राज्यले दिएको सुविधा सहज रुपमा उपयोग गर्न नपाएको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर दाङको आयोजनामा मंगलवार तुलसीपुरमा भएको जेष्ठ नागरिकहरु संग भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले यस्तो गुनासो गरेका छन् ।उनीहरुले राज्यले जेष्ठ नागरिकहरुलाई दिएको निशुल्क औषधी उपचार, सवारी साधनमा भाडा छुट् सहजरुपमा पाउन नसकेको बताएका छन् ।

यस्तै राज्यले दिदै आएको सामाजिक सुरक्षा भत्ताको लागी कानुनी प्रक्रिया पनि झन्झटीलो भएको भन्दै उनीहरुले हिड्न नसक्ने जेष्ठ नागरिकलाई घरमा पुगेर भत्ता दिने व्यवस्था मिलाईदिनु पर्ने माग समेत गरेका छन् ।राज्यले जेष्ठ नागरिकलाई निशुल्क औषधी उपचार भने पनि अस्पतालमा विभिन्न बाहानामा आफुहरु ठगीनु परेको उनीहरुको गुनासो रहेको थियो ।प्रहरी सेवा केन्द्र तुलसीपुरकी अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ की कार्यवाहक वडा अध्यक्ष सावित्री गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रमको सहजीकरण पत्रकार निरला अर्याल गैरेले गरेकी थिईन् ।

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार
प्रतिक्रिया