३३ किलो सुनले न्यायाधीशकाे जागिर चट्

काठमाडौं । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा न्यायपरिषदले विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेको छ । सुनुवाइका क्रममा पदीय आचरणअनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै न्याय परिषदले न्यायाधीश सिंहलाई बर्खास्त गरेको हो ।

न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार, यही मुद्दाको सुनुवाइमा संलग्न विराटनगर उच्च अदालतकै न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई दुई वर्ष बढुवा रोक्का गर्नुका साथै उनीहरूलाई सचेत गराउने निर्णय पनि भएको छ । प्रवक्ता कार्कीले परिषदले ६ महिना लगाएर गरेको अनुसन्धानपछि कारबाहीको निर्णय भएको बताए ।

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार
प्रतिक्रिया