पद रिक्त रहेका ठाउँमा आगामी कात्तिक सम्म उपनिर्वाचन हुने

काठमाडौ, १७ असार । निर्वाचन आयोगले कात्तिक मसान्तभित्र विभिन्न तहका पदमा रिक्त रहेका ठाउँमा उपनिर्वाचन गरिसक्ने योजना बनाएको छ । यसका लागि तथ्याङ्क लिने, उप निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक पर्ने समय र आवश्यक स्रोत साधन जुटाइरहेको आयोगले जनाएको हो ।यसबारेमा सरकारसंग पनि कुराकानी भइसकेकाले कात्तिक मसान्तभित्र रिक्त रहेका ठाउँमा उपनिर्वाचन गरिसक्ने आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले बताउनुभयो । प्रतिनिधि सभामा एउटा, प्रदेश सभामा ३ वटा, स्थानीय तहका प्रमुख र उपप्रमुख ५ वटा र वडाध्यक्ष गरी ४३ वटा पदमा विभिन्न कारणले रिक्त रहेका छन् ।

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार
प्रतिक्रिया