राष्ट्रिय धान दिवस तुलसीपुरमा पनि मनाईयो

तुलसीपुर, १५ असार । धान खेतिमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्युनिकरण भन्ने नाराका साथ १६ औँ राष्ट्रिय धान दिवस दाङ सहित देशभर मनाईएको छ । दिवसका अवसरमा तुलसिपुर उपमहानगरपालिका कार्यलयको आयोजनामा तुलसीपुर १५ कन्जुवार स्थित खेतमा धान रोपेर दिवस मनाईएको छ । दिवस कार्यक्रममा सहभागी हुदै नगर प्रमुख घनश्याम पाण्डेले धान संसारकै महत्वपुर्ण खाद्य बालि भएकाले यसमा राज्यको लगानी आवश्यक रहेको बताएका छन् ।
नेपाल कृषि प्रधान देश भएपनि कयौ जमिनहरु बाँझो रहने गरेको बताउदै नगर प्रमुख पाण्डेले किसानहरुले खेती योग्य जमिनलाई सदुपयोग गर्न सकेमा देश समृद्धि हुने बताएका छन् ।साथै उनले कृषकहरुले रासायिनिक मल भन्दा पनि प्राङगारिक मलको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार
प्रतिक्रिया