एक पुरुष मृत फेला

तुलसीपुर,१५ असार । घोराहीको एक बनमा एक पुरुष मृत फेला परेका छन् । घोराही ५ धर्ना स्थित शान्ति सामुदायिक बनको जङ्गलमा सोहि ठाउँ बस्ने बर्ष ४० का ऋषिराम गिरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृतक गिरी यहि असार १२ गते विहान घरबाट निस्किएको र शनिवार दिउँसो ४ वजेतिर मृत फेला परेको प्रहरीले बताएको छ । उनी मानसिक रुपमा ठिक नभएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको भन्दै घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार
प्रतिक्रिया