राष्ट्रिय बृक्षारोपण दिवस दाङमा पनि मनाईयो

तुलसीपुर, १४ असार । राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा दाङ लगायत देशभर बृक्षारोपन कार्यक्रमको आयोजना गरिएको छ । सरकारले जननेता स्वर्गीय मदन भण्डारीको जन्म दिनको अवसर पारेर असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा नेकपा तुलसीपुर वडा नम्वर ५ को कमिटिले विभिन्न स्थानमा बृक्षारोपण गरेको छ । तत्कालिन नेकपा एमालेको अन्चल पार्टी कार्यालय परिसर र तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडीको पार्कमा विभिन्न प्रजातीका ५० वटा विरुवा रोपीएको वडा कमिटिका अध्यक्ष वेद प्रसाद वलीले जानकारी दिएका छन् ।

यसैविच वडा कमिटिको शनिवार बैठक पनि सम्पन्न भएको छ । वडा कमिटिका अध्यक्ष वलीको अध्यक्षता तथा पुर्व सांसद अनारकली मियाको प्रमुख आतिथ्यता तथा नेकपा तुलसीपुर नगर कमिटिका अध्यक्ष खुसीराम चौधरीको विशिष्ट अतिथ्यतामा बैठक सम्पन्न भएको हो । यस्तै दिवसका अवसरमा तुलसीपुर १२ मा पनि नेकपाले बृक्षारोपन कार्यक्रम गरेको छ । मावि हरीपौरीको प्राङ्गनमा विभिन्न प्रजातिका २० वटा विरुवा रोपिएको हो । नेकपाका नेता हुकुम बहादुर बस्नेत,वडा कमिटिका अध्यक्ष गोपाल खड्का लगायतको सहभागितामा बृक्षरोपन गरिएको वडा कमिटिका सचिब भिम बहादुर बस्नेतले जानकारी दिएका छन । यस्तै अनेरास्ववियूले जनता क्याम्पसमा वृक्षारोपन गरेको जनाईएको छ ।

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार
प्रतिक्रिया