तुलसीपुर ५ मा भुमि अधिकार मन्च गठन

तुलसीपुर, १४ असार । भुमि अधिकार मन्चको तुलसीपुर उपमहानगरपालिका वडा ५ मा वडा स्तरिय समिति गठन गरिएको छ । भुमी अधिकार मन्च तुलसीपुर उपमहानगर समिति दाङको आयोजनामा शनिवार तुलसीपुर ५ मा सम्पन्न भएको एक भेलाले स्वर्गद्धारी टोल विकास संस्थाका अध्यक्ष दिपक वलीको अध्यक्षतामा १८ सदस्यिय वडा स्तरिय भुमि अधिकार मन्च समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा संगितनगर टोल विकास संस्थाका मनोज बस्नेत, सचिवमा बुद्ध नगर टोल विकास संस्थाका टिकाराम पुन, कोषाध्यक्षमा विशाल नगर टोलकी भवानी केसी, सहसचिवमा राम नगर टोलका तिज बहादुर परियार चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बुद्धनगर टोलका अध्यक्ष धन बहादुर केसी, श्रद्धानगर टोलका अध्यक्ष ओमलाल बुढाथोकी, डिल बहादुर विक, हिरा भण्डारी, उदय बहादुर नेपाली, मानसिंह वली, पवन नेपाली, विर बहादुर गिरी लगाएतका रहेका छन् ।
यस्तै समितिको सल्लाहकारमा भिम बहादुर केसी, हरि बहादुर विक र प्रेम योगी रहेका छन् । तुलसीपुर नगर समितिका अध्यक्ष तुल प्रसाद खरेलको अध्यक्षता एवं भुमि अधिकार मन्च दाङका अध्यक्ष देउमन परियारको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, ज्ञानज्योती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर विक, स्वर्गद्धारी टोल विकास संस्थाका अध्यक्ष दिपक वली, श्रद्धानगर टोल विकास संस्थाका अध्यक्ष ओमलाल बुढाथोकी लगाएतले बोलेका थिए ।
निर्मल परियारको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजीकरण नगर समितिका सचिव तुल प्रसाद खनालले गरेका थिए ।भेलामा वडा नम्वर ५ का ऐलानी टोल वासीहरुको सहभागिता रहेको थियो । समितिले वडामा भएका ऐलानी बस्तीहरुको पहिचान गरी राज्य संग लालपुर्जाको माग गर्नेछ ।

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार
प्रतिक्रिया