जिप दुर्घटना हुँदा चालकको ज्यान गयो

सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

दाङ सुर्खेत सडक खण्डको श्रीगाउँमा रा १ ज ४३६ नम्बरको जिप दुर्घटना हुँदा दंगिशरण ७ का ३४ बर्षिय डिल्लीबहादुर वलीको ज्यान गएको प्रहरीले जनाएको छ ।

श्रीगाउँबाट तुलसीपुर आउँदै गर्दा आज बिहान ८ः३०मा  गाडिको चक्का फुस्कीएर दुर्घटना भएको हो । इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीकाअनुसार गाडिमा सवार अरु ३ जना शकुसल रहेका छन । अहिले शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा राखिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार
प्रतिक्रिया