श्रीमानले श्रीमतीको यौनिमा अचार कोचिदिए

बिमला पाण्डे

सिन्धुली । दुधौली नगरपालिका वडा नं. ३ को निपाने कालापानीकी ४४ वर्षिय डस्नी कुमरलाई  श्रीमान ५० वर्षिय सञ्चा कुमँरले छिमेकी २७ वर्षिय बेलवति कुमँरको सहयोगमा  चरम  शारिरीक तथा मानसीक यातना दिने गरेका  छन् ।

मदिरा सेवन गरि घरमा आएर श्रीमति डस्नीलाई भुँईमा लडाई छातिमाथि चढि लात्ति र मुड्कीले कुटपीट गर्नुका साथै भात, दाल, अचार यौनीमा कोचिदिने गरेकाे खबर सार्वजनीक भएकाे छ । ‘उनलाई श्रीमानले विगत २, ३ वर्षदेखि अर्की श्रीमति ल्याउँछु, तँ बुढी भईस भन्दै कुटपीट गर्दै आएको’ पीडित डस्नीको भनाई छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा पीडक विरुद्ध उजुरी दर्ता त भएपनि छोरा लगाएतको दवावमा उनले मेलमिलाप गरेकाे छ ।

 

प्रकाशित मिति : २०७६ असार १३ गते शुक्रवार
प्रतिक्रिया