दाङमा पेट्रोल र डिजेल आउदै

तुलसीपुर, १३ असार । दाङमा विगत एक साता देखी पेट्रोलियम पदार्थको अभाव देखीएको छ । ट्याङकर चालकहरुको हड्तालका कारण डिजेल र पेट्रोलको अभाव भएको हो । गर्मिको समयमा तेल ढुवानी गर्ने क्रममा तेलको मात्रा घट्दा डिपोले ढुवानी रकमबा घटेको मात्राको रकम काटेपछि त्यसको विरोधमा ट्याङकर चालकहरुले हड्ताल गरेका हुन् ।
यता नेपाल आयल निगम ईन्धन डिपो कार्यालय तुलसीपुरले शुक्रवार देखी पेट्रोलियम पदार्थको सहज आपुर्ति हुने बताएको छ । शुक्रवार घोराही र तुलसीपुरका लागी ८० हजार लिटर पेट्रोल र दुई सय विस हजार लिटर डिजेल आउन लागेको कार्यालयका प्रमुख सुजित पोख्रेलले जानकारी दिएका छन् । डिपो मार्फत दाङमा २६ वटा पेट्रोल पम्प र रुकुम पश्चिम, सल्यान, रोल्पामा एकएक पेट्रोल पम्पमा तेल वितरण हुनै आएको छ ।

प्रकाशित मिति : २०७६ असार १३ गते शुक्रवार
प्रतिक्रिया