लागु औषध सहित दुई युवक पक्राउ

तुलसीपुर, १२ असार । लागु औषध सहित दाङमा दुई जना पक्राउ परेका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालयको बिशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय दाङको विशेष टोलीले साढे दुईकिलो अफिम सहित दुई जना ब्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा रोल्पा माडी गाउपालिका २ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १४ पुरानो वसपार्क बस्ने ३० बर्षीय नरेश बुढा र घोराही उपमहानगरपालिका ११ बस्ने २१ बर्षीय शुकलाल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । उनीहरुलाई गएराती साढे १२ वजेतिर लागु औषध अफिम बोकेर हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा घोराहीको पुरानो बसपार्कबाट राती १ वजेतिर पक्राउ गरिएको हो । पक्राउ परेका दुर्व जना विरुद्ध लागुऔषध ऐन २०३३ परिच्छेद ३ दफा २२(ग) बमोजिम मुद्दा दर्ता गरि आबश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार
प्रतिक्रिया