एक महिला मृत फेला

दाङ, १० असार । पुर्वी नवलपरासी बिनयी त्रिबेणी गाउँपालिका ७ नारायणी नदिमा एक महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जानकारी दिएको छ । फेला पर्नेमा चितवन महानगरपालिका २१ बस्ने नर बहादुर थापा मगरकि श्रीमती ३५ वर्षिया निर्मला कुमाल रहेको प्रहरीले जनाएको छ । उनी गत असार ५ गते नारायणी पुलबाट हाम फालेर बेपत्ता भएकी थिईन् । उनको खोजी गर्ने क्रममा उनी मृत फेला परेको प्रहरीले बताएको छ । उनका ससुराले आफनी बुहारी भएको पुष्टि गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार
प्रतिक्रिया