कावासोती नगरपालिकाको गाडीमा आगजनी

दाङ, १० असार । पुर्वी नवलपरासीको कावासोती नगरपालिकाको गाडीमा सोमबार राति अज्ञात समूहले आगजनी गरेका छन् ।कावासोती नगरपालिका उप–मेयर प्रेमशंकर मर्दनिया थारुको घर अगाडि पार्किङ गरेर राखिएको लु १ झ ३२१ नम्बरको स्कर्पियो गाडिमा आगजनी भएको हो ।कावासोती नगरपालिका –१५ , बागखोरमा रहेको घर अगाडि पार्किङ गरी राखिएको गाडीमा सोमबार राति साढे १ बजेको समयमा मोटरसाइकलमा आएका दुई जना अपरिचित समुहले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ । आगजनी गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार
प्रतिक्रिया