विप्लवद्धारा आह्वान गरेको बन्दका कारण जनजिवन प्रभावित

तुलसीपुर, १० असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव तुलसीपुर सहित दाङमा पनि परेको छ । पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेललाई गत ५ गते विहिवार प्रहरीले गोली हानी हत्या गरेको विरोधमा नेकपाले नेपाल बन्दको आह्वान गरेको हो । बन्दका कारण दाङमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारीका कुनै पनि साधनहरु सन्चालनमा आउन नसकेको बताईएको छ ।

प्रहरीका अनुसार जिल्ला भित्रिने सवारीका साधनहरुलाई भने प्रहरीको सुरक्षा दिएर यात्रुलाई गन्तव्य सम्म पु¥याउन प्रयास भईरहेको छ ।
यस्तै जिल्लामा शैक्षिक संघसंस्था, उद्योग कलकारखाना सहित मुख्य बजारहरु सुनसान रहेका छन् । छिटफुट रुपमा साना सवारी साधनहरु सन्चालनमा आएपनि पुर्णरुपमा सन्चालनमा आउन सकेका छैनन् । यस्तै बन्दको प्रभाव अन्य जिल्लामा पनि परेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार
प्रतिक्रिया