विप्लवद्धारा भोली नेपाल बन्दको घोषणा

दाङ, ९ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाले भोली नेपाल बन्दको आह्वान गरेको छ । पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेललाई गत ५ गते विहिवार प्रहरीले गोली हानी हत्या गरेको विरोधमा नेपाल बन्द आह्वान गरिएको नेकपाले जानकारी दिएको छ ।असार ५ गते पार्टीको काम सकेर फर्कने क्रममा पौडेललाई प्रहरीले सर्लाहीको लालबन्दी १ लखन्ती स्थित खोलामा नियन्त्रण्मा लिएर रहस्यमय तरिकाले हत्या गरेको पार्टीले दावी गरेको छ ।
प्रहरीले भने जवाफी कारवाहीमा ज्यान गएको दावी गदै आएको छ ।पार्टीका महासचिव विप्लवले घटना भएको भोली पल्ट असार ६ गते एक विज्ञप्ती जारी गदै विभिन्न आन्दोलनका कार्यक्रमको घोषणा गरी सकेका छन् । यता सल्यानमा जिल्ला कमिटिले एक विज्ञप्ती जारी गरी बन्द सफल बनाई दिन सवैमा आग्रह गरिएको छ । जिल्ला सेक्रेटरी लोक्पालद्धारा जारी विज्ञप्ती मार्फत जिल्लाका सम्पुर्ण व्यापारी, उद्योगी, यातायात व्यवसायी, संघसंस्था ,शैक्षिक संस्था लगाएत सवैमा अपिल गरिएको छ ।

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार
प्रतिक्रिया