प्रतिष्ठानमा उपचारको क्रममा एक विरामीको मुत्यु

तुलसीपुर, ९ घोराही । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको उपचारको क्रममा निधन भएपछि मृतकका आफन्तीले डाक्टरको लापरवाहीका कारण निधन भएको आरोप लगाएका छन् ।बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीय भिमी साढु विरामी परेपछि गत शनिवार प्रतिष्ठानको आपतकालीन कक्षमा राखेर उपचार भईरहेको थियो । पखाला र ज्वरोका कारण बिरामी परेकी उनको आइतबार दिँउसो सम्म स्वास्थ्यमा सुधार आएपनि डाक्टरकै लापरवाहिको कारण सोमवार बिहान ८ बजे निधन भएको मृतकका श्रीमान टिकाराम साढुले बताएका छन् ।

हिजो दिउँसो सम्म स्वास्थ्य केहि सुधार भएपनि राती एकाएक पिसाब रोकिएर थप समस्या भएपछि नर्सलाई डाक्टर बोलाईदिन आग्रह गरे पनि डाक्टर नआएकै कारण उपचार हुन नसकेको उनको भनाई छ ।डाक्टरको लापरवाहीका कारण भएको भन्दै मृतकका आफन्तीले शव बुझन मानेका छैनन् । उनीहरुले सत्यतथ्य छानविन हुनुपर्ने भन्दै अस्पतालमा विरोध जनाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुवै पक्षविच छलफल भईरहेको छ ।

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार
प्रतिक्रिया