यातायात मजदुर संगठनको ४०औँ स्थापना दिवस ,तुलसीपुरमा रक्तदान र फलफुल वितरण

तुलसीपुर, ९ असार । यातायात मजदुरहरुको छातासंगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औँ स्थापना दिवस दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।२०३६ साल असार ९ गते स्थापना भएको संगठनले सोमवार देशभर रक्तदान कार्यक्रम गरी दिवस मनाएको हो । यता संगठनको तुलसीपुर उपमहानगर कमिटिले रक्तदान नै जिवन दान हो भन्ने मान्यताका साथ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको रक्त सन्चार केन्द्रमा रक्तदान कार्यक्रम गरेको छ ।
कमिटिका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले तुलसीपुर उपमहानगरपालिकालाई समृद्ध नगर बनाउनका लागी यातायात मजदुर लगाएत सम्पुर्ण संघसंगठनहरुले हातेमालो गर्न जरुरी भएको बताएकी छन् ।साथै उनले यातायात मजदुर संगठनले धेरै राम्रो काम गरेको भन्दै संगठनको प्रसंशा समेत गरेकी थिईन् । रक्तदान कार्यक्रममा संगठनका केन्द्रिय सदस्य खगेन्द्र वली, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष विरेन्द्र शाह लगाएतको सहभागिता रहेको थियो ।

सो अवसरमा कमिटिका अध्यक्ष केशव भण्डारी,उपाध्यक्ष कालीप्रसाद योगी, तत्कालिन जिल्ला संगठनका पुर्व अध्यक्ष चुडा बहादुर विक, संगठनका केन्द्रिय सदस्य खगेन्द्र वली, मणिराम पौडेल, केशव राम्जा, निर्मला वली, पवित्रा वली ,विन्दु बस्नेत र बेद बहादुर खत्री लगाएतले रक्तदान गरेका थिए ।कार्यक्रमको सहजीकरण यज्ञ बुढाथोकीले गरेका थिए ।

फलफुल वितरण

संगठनको ४० औँ स्थापना दिवसका अवसरमा तुलसीपुर उपमहानगर कमिटिले तुलसीपुर १२ रझेनामा रहेको बृद्धआश्रममा फलफुल वितरण गरेको छ ।बृद्धआश्रममा रहेका ५ जना जेष्ठ नागरिकलाई फलफुल वितरण गरीएको कमिटिका कोषाध्यक्ष खिमराज डाँगीले जानकारी दिएका छन् ।कमिटिका अध्यक्ष केशव भण्डारी,राप्ती सार्वजनिक यातायात बस व्यवसायी समितिका कल्याणकारी सचिव प्रकाश भट्ट,संगठनका केन्द्रिय सदस्य खगेन्द्र वली लगाएतले जेष्ठ नागरिकलाई फलफुल वितरण गरेका थिए । बृद्ध आश्रम भवन निर्माण समितिका संयोजक नोखीराम बस्नेतको उपस्थितिमा उनीहरुलाई फलफुल वितरण गरिएको हो ।

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार
प्रतिक्रिया