किसान भन्छन्, पानी आयो तर मल आएन

लक्ष्मण विश्वकर्मा, ९ असार । लामो समय सम्मको खडेरी पछि पानि पर्न सुरु भएको छ । शनिवार राती देखी नै पानी पर्न सुरु गरेको हो । दाङमा शनिबार रातिदेखि आईतवार सम्म ७५.४ मिलिमिटर बर्षा भएको जल तथा मौसम बिज्ञान फिल्ड कार्यालय दाङले जानकारी दिएको छ । जिल्लामा सोमवार दिउसो देखि मौसम खुल्ने कार्यालयले जनाएको छ । पूर्वी भेगबाट गएको बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्य क्षेत्र हुँदै पश्चिमी भूभागमा सरिरहेको छ । यसैको प्रभावले देशका विभिन्न भूभागमा वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाको पखाईमा बसेका दाङका कृषकहरु भने पानी परेपछि अहिले खुसी भएका छन् ।

खेती गर्ने समयमा पानी नपरेपछि कहिले पानी पर्छ भनेर पर्खेर खसेका थियौँ पानी प¥यो अव खेती गर्न सहज हुने दंगीशरण ३ का किसान विर बहादुर चौधरीले भने । पानी परे पनि के गर्नु खेतमा हाल्ने रासायिनिक मल डिएपी पाईदैन उनले भने जहिले पनि खेती गर्ने समयमा मल अभाव भएको हुन्छ । धानखेती गर्ने समयमा पानी नपरे पछि चिन्तीत बनेका किसानहरु पानी परेपछि खुसी देखिएका छन् । ढिला गरी पानी परे पनि किसानलाई रासायिनिक मलको अभावले भने समस्या भएको छ । जिल्लामा रासायीनिक मल डिएपीको अभाव हुदा आफुहरु चिन्तामा परेको किसानहरुले बताएका छन् । खेती गर्ने समयमा आफुहरुले डिएपी मल पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।
दाङमा विगत लामो समय देखी रासायीनिक डिएपीको अभाव भएको छ ।

तर युरिया मलको केहि सहज आपुर्ति भएपनि डिएपी मलको भने समस्या उस्तै रहेको कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय तुलसीपुरका प्रमुख तिर्थराज न्यौपानेले बताएका छन् । डिएपी मलको आगी आफुहरुले पहल गरीरहेको बताएका छन् । उनका अनुसार डिएपी मल आउन अझै केहि समय लाग्ने भएको छ । अहिले युरिया मल मात्रै वितरण भईरहेको उपशाखा प्रमुख न्यौपानेले बताएका छन् ।

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार
प्रतिक्रिया