शान्तीनगरमा ९९ सय जनाले काम सुरु गरे

निरास पाण्डे,चिराघाट ८ असार । प्रधानमन्त्री रोजगार कार्यक्रम अनर्तगत पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले छनौट गरेका ९९ सय जनाले काम सुरु गरेका छन । बेरोजगारहरुलाइ रोजगार दिने सरकारको निति अनुसार गाउँपालिकाले ९९ जनालाइ छनौट गरेको गरी काम दिएको छ । शान्तिनगरमा ४ हजार ४ सय ५१ जनाले रोजगारका लागी आवेदन दिएका थिए ।
पहिलो चरणमा गाउँपालिकाको सात वटा वडाका १३ जनाका दरले ९१ जना र ८ जना गाउँपालिका अन्र्तगत छनोटमा परेका हुन् । उनीहरुलाई विभिन्न काम दिईएको शान्तिनगर कार्यक्रमका संयोजक निमराज सपकोटाले जानकारी दिएका छन् । वडा र गाउँपालिकामा सडकबाटो र नाला सरसफाइ लगाएतका बिकास निर्माणका काममा लगाइएको छ । उनीहरुले काम गरे बापत दैनिक ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउँनेछन् । उनीहरुलाई एक महिनाको काम दिईएको छ ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार
प्रतिक्रिया