यातायात मजदुर संगठनको ४० औ स्थापना दिवस,देशभर सरसफाई कार्यक्रम

दाङ,७ असार ।यातायात मजदुरहरुको छातासंगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफनो ४० औ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ । २०३६ साल असार ९ गते स्थापना भएको संगठनले यहि असार ९ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।सोहि अवसरमा शनिवार संगठनको केन्द्रिय कमिटि सहित देशभरका शाखा कमिटिहरुले विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
दिवसको सन्दर्भमा शनिवार विभिन्न जिल्लाका बसपार्कहरुमा सरसफाई अभियान कार्यक्रम गरिएको संगठनका केन्द्रिय महासचिव नवराज घिमिरेले जानकारी दिएका छन् । यातायात मजदुरहरु बढि केन्द्रित तथा भिडभाड हुने क्षेत्र बसपार्कहरुमा सरसफाई अभियान कार्यक्रम गरिएको हो ।काठमाडौ,ललितपुर, विराटनगर, धार्दिङ लगाएत देशभरका बसपार्कहरुमा सरसफाई कार्यक्रमको आयोजना गरिएको महासचिव घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार लखनखेल बसपार्कमा सरसफाई कार्यक्रम गरिएको छ ।
यस्तै संगठनको गण्डकी प्रदेश कमिटिले पोखरामा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । यस्तैगरी यहि असार ९ गते देशभर रक्तदान कार्यक्रमको आयोजना गरिने महासचिव घिमिरेले जानकारी दिएका छन् । रक्तदान नै जिवन दान हो भन्ने मान्यताका साथ देशभरबाट एक हजार पाउण्ड रगत संकलन गर्ने संगठनले लक्ष्य लिईएको उनले जानकारी दिएका छन् ।
उनका अनुसार प्रदेश १ मा ६ ठाउँमा रक्तदान गर्ने तयारी गरिएको छ । यस्तै प्रदेश २ मा ३ स्थान, प्रदेश ३ को ४ स्थान, प्रदेश ४ मा १ स्थान, प्रदेश ५ मा ३ स्थान र सुदुरपश्चिम प्रदेशमा २ स्थानमा रक्तदान गर्ने तय गरिएको उनले जानकारी दिएका छन् ।
कर्णाली प्रदेशमा भने तयारी नपुगेको कारण रक्तदान कार्यक्रम राखीएको छैन । यता दाङमा पनि  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिले यहि असार ९ गते घोराहीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने बताएको छ ।कमिटिका अध्यक्ष केशव भण्डारीले उक्त दिन कार्यक्रममा सहभागी भईदिन सम्पुर्ण यातायात मजदुर, समाजसेवी, संघसंस्था,यातायात व्यवसायी र पत्रकारहरुलाई उनले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७६ असार ७ गते शनिवार
प्रतिक्रिया