शिक्षा मन्त्री पोख्रेल दाङमा

तुलसीपुर, ७ असार । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेल दाङ आएका छन् । जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन दाङ आएको उनका राजनितिक सल्लाहकार जिवन गौतमले जानकारी दिएका छन् ।शनिवार घोराही र तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा हुन लागेका कार्यक्रममा उनी सहभागी हुनेछन् ।मानपुरमा रहेको शहित स्मृति विद्यालय, घोराहीको कृष्णसेन ईच्छुक बहु प्राविधिक शिक्षालयको भवन शिलान्यास, बाल मन्दिर विद्यालयमा प्रदेश स्तरिय विशेष विद्यालयको भवन शिलान्यास लगाएतका कार्यक्रममा मन्त्री पोख्रेल सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : २०७६ असार ७ गते शनिवार
प्रतिक्रिया