दाङबाट काठमाडौको लागी छुटेको यात्रुबहाक बस नवलपरासीमा दुर्घटना,तुलसीपुरका तिन जना घाईते

तुलसीपुर, ६ असार ।पुर्वी नवलपरासीमा यात्रुबाहक बस र ट्रक एक आपसमा ठोकिदा एक दर्जन वढि घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ । जिल्लाको मध्यबिन्दु ननगरपालिका ७ चालिसकिलो स्थित पुर्व पश्चिम राजमार्ग अन्र्तगत पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना ५ ख ६५० नम्वरको ट्रक र दाङबाट काठमाडौ जादै गरेको ना ६ ख ३५७२ नम्वरको यात्रुबाहक बस शुक्रवार दिउँसो पौने एक वजेतिर एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाईते हुनेमा जिल्लाको कावासोती न.पा.३ बस्ने बर्ष ३० सरस्वती श्रेष्ठ, दाङ तुलसिपुर उपमहानगरपालिका १९ बस्ने बर्ष ७८ बर्षिय बामदेब रेग्मी, बर्दघाट न.पा.३ बस्ने बर्ष २८ सुरज थापा लगाएत रहेका छन् । यस्तै अन्य सामान्य घाईते भएको प्रहरीले बताएको छ ।
अन्य घाईते हुनेहरुमा दाङ तुलसिपुर उपमहानगरपालिका ८ बस्ने ३६को दल बहादुर थापा ,तुलसिपुर १९ बस्ने बर्ष ७७ कि अम्बिका देबि रेग्मी रहेका छन् ।घाईतेहरुको उपचारका लागी केहिको जिल्ला अस्पताल र केहिको भरतपुर मेडिकल कलेजमा रिफर गरिएको बताईएको छ ।

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार
प्रतिक्रिया