रोटरि क्लबद्वारा खेलसामाग्री हस्तान्तरण

शरद रेग्मी, तुलसिपुर ६ असार। रो रोटरि क्लब अफ तुलसिपुर सिटिले शुक्रबार एक कार्यक्रमका बिच माबि बालापुर लाई खेल सामाग्री हस्तान्तरण गरेको छ ।रोटरि क्लब अफ तुलसिपुर अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले रोटरि क्लबले विभिन्न क्षेत्रमा सामाजिक काममा हातेमालो गर्दै अगाडि बढेको बताएका थिए ।उनिहरुले पश्चिम दाङका विभिन्न बिधालयहरुमा खेल सामाग्री, शौचालय,पुस्तकालय ,खानेपानी र बिकटका क्षेत्रमा स्वास्थ शिबिरहरु सञ्चालन गर्दै आएको भन्दै आगामि दिनहरुमा पनि क्लबले यस्तै सामुदायिक बिधालयहरुमा सहयोग गर्दै जाने बताएका थिय ।

सो अबसरमा तुलसिपुर उधोग बाणिज्य सङघका निबर्तमान अध्यक्ष बिमल रिजाल, रोटरि क्लब अफ तुलसिपुर सिटिका भाबि अध्यक्ष देबबहादुर केसि,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, बिधालयका प्र.अ सुबर्ण कुमार लामिछाने,शिक्षक निर्मल नेपाली लगायतले स्कुलको आर्थिक अबस्था निकै कमजोर भएको हुदा सबैले सहयोग गर्न सुझाव दिएका थिय ।सो अबसरमा ब्टम्यान्टिन,फुटबल ,लुटसललगायतका खेल सामाग्री हरु बिधालय लाई हस्तान्तरण गरिएको थियोे ।

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार
प्रतिक्रिया