विरोध गर्नेहरुमाथि पानीको फोहरा र लाठीचार्ज

केशवप्रसाद पाण्डे

काठमाडौं । गुठी सम्बन्धि कानूनलाई एकिकृत बनाउन बनेको विधेयकमाथि विरोध जनाँउदै प्रदर्शनमा उत्रिएका अभियन्ता र प्रहरीबीच झडप भएको छ ।

प्रस्तावित गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले पानीको फोहरा तथा लाठिचार्ज गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।

अभियन्ताहरुले भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता गराएको विधेयक सरोकारवालाहरुसँग छलफल नै नगरी संसदमा दर्ता गराएको र यसले गुठीको संरक्षण गर्न नसक्ने भन्दै विधेयकमा संसोधन तथा पुर्नलेखन गर्नुपर्ने माग राख्दै आएका छन् ।

नेवा राजनितिक अभियान,गुठी संरक्षण पुचः लगायत विभिन्नका संघसँस्थाको सहभागिता रहको प्रर्दशनीमा प्रर्दशनकारीले ‘पुर्वजले राखेको गुठीमा गिद्धे नजर’, ‘साँस्कृतिक अतिक्रमण बन्द गर’ लगाएतका प्लेकार्ड सहित विधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेका थिए ।

गुठी संरक्षणका अभियन्ता भरत जंगम विधेयक माफिया र गुठी मास्ने नियतका साथ आएकाले सरकारले विधेयक फिर्ता नगरेसम्म विरोध जारी रहने बताए । झडपका क्रममा डा. महेशमान श्रेष्ठ, कृष्ण भायो, अनिस बैद्य र विकास महर्जनलाई प्रहरीले गिरफ्तार गरेको थियो । त्यस्तै ६ भन्दा वढि घाईते भएको नेवा राजनितिक अभियानले जनाएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया