तुलसीपुर उपमहानगरद्धारा सार्वजनिक सुनुवाई,राजस्व संकलनमा कमी

तुलसीपुर, १४ जेठ । तुलसीपुर उपमहानगरपालिकाले बजेट खर्चमा लक्ष्य नजिक पुगेको दाबि गरेको छ । उपमहानगरपालिकाले मंगलवार गरेको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले बजेट फ्रिज हुने अवस्थालाई शुन्यमा झार्न बजेट खर्चमा लक्ष्य नजिक पुगेको दावि गर्नुभएको हो ।नगर प्रमुख पाण्डेले चालु वर्षमा बिनियोजित बजेट मध्ये करिब ६८ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उपमहानगरपालिकामा १ अरब ७ करोड ९२ लाख ९७ हजार २ सय ७० रुपैया ९७ पैसा मध्ये ८२ करोड ६६ लाख २८ हजार ७ सय २१ रुपैया ८३ पैसा खर्च भएको छ ।नगरप्रमुख पाण्डेले उपमहानगरपालिका१ अरब ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ बजेट बिनियोजन गरिएको बताउनुभयो । बिनियोजित बजेट मध्ये ४९ करोड ४८ लाख ९३ हजार ९ सय ३६ रकम अझै निकासा हुन नसकेको उहाँको भनाई छ ।बजेट र्खचमा उपमहानगरपालिका लक्ष्य नजिक पुगेपनि राजश्व संकलनमा निराशाजनक रहेको छ । तथ्याङक अनुसार उपमहानगरपालिकाले चालु वर्षमा ५७ दशमलव ७६ प्रतिशत राजश्व संकलन भएको छ ।

उपमहानगपालिकाले चालुवर्षमा १४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेपनि ८ करोड ८ लाख ६३ हजार ७६ राजश्व संकलन गरेको छ ।उपमहानगरपालिकाले चालु वर्षमा लक्ष्यको करिब ७० प्रतिशत राजश्व संकलन गर्ने अनुमान गरेको छ । यस्तै उपमहानगरपालिकाले चालु वर्षमा २७ प्रतिशत योजनहरु सम्पन्न हुन नसकेको जनाएको छ । नगरप्रमुख पाण्डेले चालुवर्षमा बिनियोजन गरेका १ हजार ४ सय ७६ योजनामध्ये १ हजार ८२ योजना सम्पन्न भएको जानकारी दिनुभयो । उपमहानगरपालिकामा अझै पनि ३ सय ९४ योजना सम्पन्न हुन सकेका छैन् ।उपमहानगरपालिकाले गौरबका योजनामा आधुनिक बस टर्मिनल भवन निर्माण भएको, अटो भिलेज संचालनमा आएको, तुलसी ट्रेड टावरको डिपिआर र भवन डिजाइनको प्रक्रिया सम्पन्न गरेको छ । यस्तै उपमहानगरपालिकामा चालुवर्षमा १४ दशमलव ९ किलोमिटर कालोपत्रे , ५१ दशमलव ६ किलोमिटर ग्राभेल, ३९ किलोमिटर कच्ची सडक भएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया