मोदीको सपथ समारोहमा भाग लिन प्रधानमन्त्री भारत जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पर्सि बिहीबार भारत जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । उनी शुक्रबार नै स्वदेश फर्कनेछन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सरकार तथा राष्ट्र प्रमुखलाई आफ्नो शपथ ग्रहण समारोहमा निमन्त्रणा गरेकाले प्रधानन्त्री ओली मोदीको सपथ समारोहमा सहभागी हुन लागेका हुन् । बिमस्टेक भारतको अगुवाइमा स्थापना भएको हो । यसमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य रहेका छन् ।

बिमस्टेक सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमूख बाहेक कीर्गिजस्थानका राष्ट्रपति र मोरिससका प्रधामन्त्रीलाई पनि सो समारोहको लागि आमन्त्रण गरिएको छ । भारतले छिमेकी राष्ट्र पाकिस्तानलाई भने सपथ ग्रहण समारोहमा बोलाएको छैन ।

(Visited 46 times, 46 visits today)

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया