रोल्पामा हतियार सहित विप्लका ३ जना नेता पक्राउ

तुलसीपुर, ३ दाङ

जिल्ला प्रहरी कार्याल रोल्पाले हतियार सहित विप्लन समूहका ३ कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले रोल्पा जिल्ला इन्चार्ज जय बहादुर रोका (प्रताप), ईलाका ईञ्चार्ज भुपेन्द्र खडका (गोरे) र लुंग्री र सुनछहरी गाउँपालिका ईन्चार्ज धन बहादुर खत्री(टाईगर) लाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाको साथबट कटुवा पेस्तोल एक थान, तीन सय तीन वटा राईफलको गोलि, सकेट बम दुई थान र खुकुरी एक थान बरामद गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पा बाट प्रहरी साहयक निरीक्षक राजेन्द्र कुमार रानाको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलिले उनिहरुलाई बिहीबार पक्राउ गरेपनि सार्वजनिक भने शुक्रबार गरेको हो । पक्राउ परेकाहरु विरुद्ध प्रहरीले संगठित अपराध निबारण ऐन२०७० अन्र्तगत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया