दाङमा चितुवाको छाला सहित तिन जना पक्राउ

तुलसीपुर, २९ बैशाख । दाङमा चितुवाको छाला सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । ५ नम्वर प्रदेश प्रहरी अनुसन्धान समुहको टोलीले भालुवाङ प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरीएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता टिका बहादुर कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार आईतवार विहान साढे १० वजेतिर राप्ती गाउँपालिका वडा नम्वर १ भालुवाङ बजारमा संकास्पद तरिकाले हिडिरहेको अवस्थामा उनीहरुलाई चेकजाँच गरिएको थियो । पक्राउ पर्नेहरुमा स्थानिय २० वर्षिय विष्णु खनाल, २६ वर्षिय शालिकराम भण्डारी र ३२ वर्षिय दिपक भण्डारी रहेका छन् ।
उनीहरुले सेतो प्लाष्टिक बोरामा लुकाई राखेको अवस्थामा ध्वाँसे चितुवा जस्तो देखीने जनावरको छाला बरामद गरिएको हो । पक्राउ परेका तिनै जनालाई आवश्यक अनसुन्धान तथा कारवाहीको लागी ईलाका प्रहरी कार्यालय भालुवाङको नियन्त्रणमा राखीएको बताईएको छ । उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरीएको हो ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया