जगलाल नेपालीको घरमा आगलागी

तुलसीपुर, २८ बैशाख । तुलसीपुर १३ बराहखुटी निवासी जगलाल नेपालीको घरमा आगलागी भएको छ । शनिवार विहान सवाँ एघार बजेतिर आगलागी भएको त्यहाबाट स्थानिय विस्मात केसीले जानकारी दिएका छन् । नेपालीको खरले छाएको घरमा आगलागी भएको हो । आगलागी कारण घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
स्थानियबासी, ईलाका प्रहरी कार्यालय फुलवारी र तुलसीपुर उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो झन्डै एक घण्टा पछि नियन्त्रणमा लिईएको थियो ।सोहि घरका ६ वर्षिय बालकले लाईटर खेलाउने क्रममा आगलागी भएको बताईएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया