छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मुत्यु

तुलसीपुर, ९ बैशाख ।       दाङ र सल्यान गरी दुई छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मुत्यु भएको छ । लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा घाईते भएका एक जनाको उपचारको क्रममा निधन भएको छ ।लमही नगरपालिका–७, बनघुस्रीस्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वबात पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किदा लमही नगरपालिका–७, उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरी गम्भिर घाईते भएका थिए ।
उनको लमही अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस्तै उता सल्यानमा मार्वलले च्यापिएर एक जनाको मृत्यू भएको छ । सिद्धकुमाख गाउपालिका वडा नम्बर २ निबासी ४० बर्षिय राम बहादुर चलाउनेको मृत्यू भएको हो । सोमवार विहान शारदा नगरपालिका ११ हिवल्चा स्थीत स्वास्थ्य चौकी भवनको मार्वल झार्ने क्रममा च्यापिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रा १ ख १४१७ नम्बरको मिनीट्रकबाट मार्वल झार्ने क्रममा च्यापिएर मृत्यू भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया