हत्या भएको आसंकामा तिन जना प्रहरीको नियन्त्रणमा

तुलसीपुर, ३ बैशाख ।दाङ घोराही ५ धर्नाको सिसहीपुर खेतमा मृत फेला परेका ५५ बर्षिय भुपलाल विकको हत्या भएको आसंका गरिएको छ । गत चैत्र ३० गतेदेखी घरबाट सम्पर्क विहिन भएका विक सोमवार दिउँसो साढे एक बजे सोहि ठाउँको सिसहीपुर खेतमा मृत फेला परेका थिए ।

विकको शबलाई पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । उक्त घटनाको प्रकृति हेर्दा हत्या भएको प्रारम्भिक आंसका गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । साथै आसंकामा स्थानिय तिन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको उनले जानकारी दिएका छन् । उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार
प्रतिक्रिया