पातुखोलामा बगाएको टवाइलेटको फोहोर सफा गर्ने सहमति

तुलसीपुर, ९ चैत । पातुखोलामा बगाएको ट्वाईलेटको फोहोर सफा गर्ने र खोला तिरको सेप्टीटंकीको भाग बन्द गर्ने सहमति भएको प्रहरीले जनाएको छ ।तुलसीपुर ५ स्वर्गद्धारी टोल निवासी विर बहादुर वलीले शनिवार विहान साढे ६ वजेतिर आफनै घरको ट्वाईलेटको फोहोर पातुखोलामा बगाए पछि उनी विरुद्ध स्थानिय टोल विकास संस्थाहरुले प्रहरी समक्ष उजुरी दिएका थिए । टोल विकास संस्थाहरुले उनी विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
पातुखोलामा पानी दुषित तथा बातावरण प्रर्दुषण हुने गरी खुल्ला रुपमा फोहोर खोलामा बगाएको भन्दै उनलाई कारवाहि गर्न माग गदै उजुरी दिईएको थियो । शनिवार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा स्थानिय टोल विकास संस्थाहरु, पिडक , तुलसीपुर उपमहानगरपालिकाको प्रतिनिधि तथा प्रहरीको रोहवरमा छलफल गरी उक्त सहमति भएको डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार
प्रतिक्रिया