Update :दाङमा बस दुर्घटना, एकको मुत्यु,तिन जनाको रिफर,घाईते हुनेको पुरा विवरण हेर्नुहोस्

तुलसीपुर, ४ चैत ।रोल्पा बागमाराबाट घोराही तर्फ आउदै गरेको राप्ती सार्वजनिक यातायात व्यवसायी समिति मार्फत सन्चालित ना ४ ख ६०९४ नम्वरको बस सोमवार दिउँसो सवा तिन बजेतिर घोराही १३ बराहकुने दह नजिकै दुर्घटना भएको छ । बसले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटनामा परि ३३ जना घाईते भएका थिए । घाईते मध्ये बस सहचालक रोल्पा रुन्टीगढि गाउँपालिका वडा नम्वर ७ बस्ने २२ वर्षिय हर्क बहादुर पुनको उपचारको ज्यान गएको  प्रहरीले बताएको छ । घाईते ३२ जना मध्ये केहिको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने तिन जनाको थप उपचारका लागी कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बस चालक कुरेली गा.पा.६ बस्ने बर्ष ३० को नैने रोका मगर भने सामान्य घाईते भएका छन् ।
रिफर हुनेमा रोल्पा माडी गा.पा.३ बस्ने ६७ बर्षिय ईन्द्र बहादुर घर्तिमगर, सोहि जिल्ला जौलेपोखरी गा.पा.बस्ने बर्ष ५५ बर्षिया सम्पुरा डागी, तुलसीपुर ९ बस्ने ४५ बर्षिया रथा घर्ती रहेका छन् । यस्तै दुर्घटनामा परि रोल्पा पाछावाङ गा.पा.२ बस्ने बर्ष १७ को दिपक बि.क, .सोहि जिल्ला परिवर्तन गा.पा.१ बस्ने बर्ष ३१ को निम प्रकाश खत्री , माडी गा.पा.३ बस्ने बर्ष २३ को पहल पुन मगर, सोहि गाउँपालिका ५ बस्ने बर्ष १९ को प्रकाश बि.क, ६० को मैते बि.क, ९ बस्ने बर्ष २० की रुमिला बुढा, वडा नम्वर ४ बस्ने बर्ष ३९ को पुर्ण खड्का, ५ बस्ने बर्ष ५० की खड्कामाली बुढा, ६ बस्ने बर्ष ३० को मनिष बि.क, वडा नम्वर ६ बस्ने बर्ष ६० हिमकला बुढामगर , २ बस्ने बर्ष ४७ को बलिराम घर्ती मगर,, ६ बस्ने बर्ष १९ की मनमाया बुढा,परिवर्तन गा.पा.५ बस्ने बर्ष ५२ की रमिता घर्ती, सोही वडाकी बर्ष ५० की खर्कमाली बुढा, तालावाङ गा.पा.२ बस्ने बर्ष १२ को लोक ब.बि.क.,पाखावाङ गा.पा.४ बस्ने बर्ष ३२ को देउचन वली , नुवागाउ गा.पा.२ बस्ने बर्ष २२ की पुस्पा डागी,त्रिबेणी गा.पा.७ बस्ने बर्ष ४० की चन्द्र माया घर्ती, सोहि गाउपालिका ३ बस्ने बर्ष ५३ की सिजमाली बुढा, त्रिबेणी गा.पा.७ बर्ष बर्ष २७ की भिम कुमारी घर्ती,त्रिबेणी गा.पा.७ बस्ने बर्ष ३३ की चिजमाली बाठा, परिवर्तन गा.पा.१ बस्ने बर्ष ४८ को धनु डागी, वडा नम्वर ३ बस्ने बर्ष ६५ को मैने परियार, सोहि वडाका बर्ष ६० की भुमिसरा परियार , त्रिवेणी गा.पा.१ बस्ने बर्ष ५१ की सगमती वली, वडा नम्वर ५ बस्ने बर्ष २३ को थप ब.वली र सोहि वडाका बर्ष ६४ को तिल ब.राना घाईते भएको प्रहरीले बताएको छ । घाईते मध्ये धेरैको अवस्था सामान्य रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार
प्रतिक्रिया