मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दियो

तुलसीपुर, २ चैत्र

तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा३प ५४४७ नं.को मोटरसाईकलको ठक्करबाट एक साईकल यात्री घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहागनरपालिका १९ निबासी गणेश विक(१९) रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।मोटरसाईकलले बिजौरीमा ठक्कर दिएको थियो ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज कोहलपुर पठाइएको, छ । ठक्कर दिने मोटरसाइकल सहित चालक प्रहरीको नियनत्रणमा रहेको प्रहरीले बतएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया