पाँच घन्टापछि शान्ता चौधरी डिस्चार्ज

तुलसीपुर २८ फागुन /कार्यक्रम स्थलमै बेहोस भएकी नेकपा नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई पाँच घन्टापछि अस्पतालले डिस्टार्ज गरेको छ । चौधरीको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. पदमराज अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार उच्चरक्त चापका कारण सचेतक चौधरीलाई स्वास्थ्यमा सामान्य समस्या देखिएको हो ।
मंगलबार विहान करिब ९ बजे तुलसीपुर स्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिब्रो लरबराएर ढलेपछि उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया