७६ लाख संकलन गर्दै सकियो शिवपुराण

तुलसीपुर,९ फागुन ।
तुलसीपुर १२ शितलपुर दाङमा माघ २७ गते देखि सुरु भएको शिव महापुराणको आज समापन गरिएको छ । समापन अवसरमा आज सबैभन्दा बढि तुलसीपुर १२ जस्पुर निवासि तेज बहादुर बुढाथोकिको परीवारले १ लाख ११ हजार १ सय ११ रुपैया दान गरेका छन । यस्तै, प्रदेश ५ का प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले ५१ हजार रुपैया दान गरेको आयोजक समितिका सचिब लिलाधर डाँगीले जानकारी दिएका छन ।

महायज्ञमा कुल नगद ७६ लाख ६९ हजार २४ रुपैया दान संकलन भएको सचिब डाँगीले जानकारी दिएका छन । दाताबाट ५० लाख १९ हजार २४ रुपैया र विभिन्न वडाबाट २६ लाख ५२ हजार रुपैया संकलन भएको हो । पञ्चमुखे शिव मन्दिर र अख्लेश्वर महादेवको मन्दिर निर्माणका लागि सञ्चालन गरिएको शिवपुराणको आयोजक समितिका संयोजक शक्ति कुमार शर्माको अध्यक्षतामा समापन भएको हो । समापन कार्यक्रमको सहजिकरण शुस्मा गिरी र देविराम कुसारीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार
प्रतिक्रिया