चार जिल्लाका थारु दाङको लुहाडबरामा

तुलसीपुर २४ चैत्र । थारु समुदायको ड्वासार डेमनरौरा गोट्यार बखेरी कार्यक्रम दाङको लुहाडबरामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी तथा गरिबी निवारण विभागका केन्द्रिय सदस्य घनशयाम पाण्डेले थारु संस्कृतिको पहिचानलााई जोगाइ राख्न थारु अगुवाहरुनै लाग्नु पर्ने बताए । थारु जातिको रहन,सहन र भेषभुषा हराउन लागेकोप्रति तिन्ता व्यक्त गर्दै उनले पछिल्लो पुस्ता यसप्रति त्यति गम्भिर नभएको पनि उनले । कार्यक्रममा दाङ, बाँके, बर्दिया र कैलालीका विभिन्न ठाउँबाट थारु समुदाय अगुहरु जुटेका थिए । उनिहरुले विहिबार बर्षभरी गर्ने विभिन्न कामको सामूहिक रुपमा छलफल गरेर सुक्रबार एउटा खाका तयार गर्नेछन । मंगरु डेमनरौराको अध्यक्षतामा भएको कार्यक्रमा बर्घरिया चन्द्रबहादुर डमेनरौरा, मंगलसेन डेमनरौरा लगाएतले आफनो संस्कृतिका बारेमा धारना राखेको थिए ।

प्रकाशित मिति : २०७३ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया